दफा २५३
कर्मचारीले प्रोत्साहन रकम पाउने

(१) फैसला बमोजिम लागेको दण्ड जरिबाना वा सरकारी बिगो असुलको लागि खटी जाने सरकारी कर्मचारीले दैनिक तथा भ्रमणभत्ताबापत पाउने रकम लिन नचाहेमा असुल गरी ल्याएको रकमको पच्चीस प्रतिशत प्रोत्साहन भत्ता पाउनेछ ।
(२) उपदफा (१) बमोजिम असुल गरी ल्याएको रकमको पाँच प्रतिशत रकम तहसिलदारले प्रोत्साहन स्वरुप पाउनेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको भत्ता वा रकम असुल भएको जरिबाना वा सरकारी बिगोको रकमबाट दिइनेछ ।
(४) यस दफा बमोजिम सरकारी बिगो वा जरिबाना सरकारी कर्मचारी बाहेक अन्य कुनै व्यक्तिले असुल गरी ल्याएको रहेछ भनेनिजलाई सरकारी कर्मचारीलाई सरह उपदफा (२) बमोजिमको रकम उपलब्ध गराउन सकिनेछ ।